FAQs Complain Problems

corona update: 2078/02/21

उदयपुर काेभिड १९ अस्पताल बेलटारमा २०७८ साल बैशाख १० गतेदेखि आजसम्म ५९ जना महिला र ७७ जना पुरुष गरि १३६ जना भर्ना हुनुभएकोमा २७ महिला ४६ पुरुष सहित ७३ जना निकाे भएर डिस्चार्ज हुनु भएको छ । आज अस्पतालमा २३ महिला २३ पुरुष गरि ४६ जना रहनु भएको छ । आजसम्म हाेम आइसाेलेशनमा १५७ जना बस्नु भएकोमा ३५ महिला र ४३ पुरुष गरि ७८ जना काेराेना मुक्त भई सक्नु भएको छ । आज हाेम आइसाेलेशनमा ३६ महिला र ३७ पुरुष गरि ७३ जना रहनु भएको छ । आज गरिएको एन्टीजेन ४४ जनाकाे परिक्षणमा ९ महिला र १० पुरुष गरि १९ जना संक्रमित थपिएको छ भने आजै अस्पतालबाट ७ जना र हाेम आइसाेलेशनबाट ६ जना गरि १३ जना काेराेना मुक्त हुनु भएको छ । सावधानी नअपनाउने हाे भने संक्रमण अझ बढने सम्भावना रहेकाले विशेष सावधानी अपनाइ स्वास्थ्यका सबै मापदण्डकाे पालना गर्न हार्दिक अनुरोध गरिन्छ ।