FAQs Complain Problems

corona update: 2078/02/09

आज नयाँ शंकास्पद बिरामी पुरुष २७ र महिला २२ जनाकाे Antigen परिक्षण गरिएकोमा १२ पुरुष र ७ महिलालाई काेराेना संक्रमण देखिएको छ । संक्रमित मध्य ५ पुरुष र २ महिला उदयपुर काेभिड १९ अस्पताल बेलटारमा भर्ना हुनु भएको छ भने ७ पुरुष र ५ महिला हाेम आइसाेलेशनमा बस्नु भएको छ । आजै गरिएको १४ पुरुष र ७ महिला सहित २१ जनाको follow up परिक्षण मध्य हाेम आइसाेलेशनमा बस्नु भएका १० पुरुष र ६ महिला काेराना संक्रमण मुक्त हुनुभएको छ । यस्तै उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट १ पुरुष र १ महिला निकाे भइ डिस्चार्ज हुनभएको छ । पहिलो लहरकाे काेराेना संक्रमणकाे महामारीमा १०० पुरुष र ४५ महिला सहित १४५ जनाकाे सफल उपचार गरेको उदयपुर काेभिड १९ अस्पतालमा अहिलेकाे दाेस्राे लहरकाे काेराेना संक्रमणमा ४८ पुरुष र २७ महिला सहित ७५ जना भर्ना भइसक्नु भएको छ । जस मध्य २१ पुरुष र ९ महिला गरि ३० जना निकाे भएर घर गई सक्नु भएको छ भने ९ जना रेफर गरिएको , १ जनाको दुखद निधन भएको र आज ३५ जना उपचारमा रहनु भएको छ । केहीकाे अवस्था जटिल छ, भने धेरै जसाेकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ । आजसम्म हाेम आइसाेलेशनमा रहनु भएका मध्य ३६ जना निकाे भइ सक्नु भएको छ भने २ जना अस्पताल भर्ना हुनु भएको छ । अहिले ४२ जना हाेम आइसाेलेशनमा हुनुहुन्छ