FAQs Complain Problems

corona update: 2078/03/26

चौदण्डीगढी नगरपाका स्थित उदयपुर कोभिड अस्पताल सातधारेबाट आज (शनिबार) २३ जना निको भएर घर फर्किएका छन् ।

आज निको हुनेहरुमा स्थानीय र अन्यत्रगरी १५ महिला र ८ जना पुरुषले कोरोना जितेका हुन् ।

निको भएर घर जानेहरुलाई नगर प्रमुख खगेन्द्र राई र नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले विदाई गरेका छन् ।

सो अस्पतालमा ३५ जनाको मात्र उपचार भइरहेको उप संयोजक पोखरेलले जानकारी दिए ।

अस्पतालबाट अहिलेसम्म निको हुनेको संख्या १ सय ४६ जना महिला र १ सय २७ जना पुरुषगरी जम्मा २ सय ७३ जना निको भइसकेका छन् ।