FAQs Complain Problems

त्रियुगा नदीमा आएको बाढीका कारण शिवाई उच्च जोखिममा, नगर प्रमुख द्वारा स्थलगत अवलोकन

चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ को शिवाई गाँउ त्रियुगा नदिमा आएको बाढीको उच्च जोखिममा परेको छ।
बिगत १२ बर्ष अघी बाट निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल उद्घाटनको तयारी गर्दै गर्दा भत्किन पुगेको थियो। पुलको दक्षिण शिवाई तर्फको दोश्रो र तेश्रो पिलर ढले पछी पुलका ३ ओटा स्ल्यावमा क्षेती पुगेको थियो। क्षेती पुगेको स्ल्याव नदिमा झरेर बाँध जस्तै बने पछी यती बेला नदी गाँउ तर्फ पस्न सुरु भएको छ।
शिवाई बाट पुल तर्फ आउने बाटो संगै पुलमा जोड्न लगाईएको ड्याम समेत त्रियुगा नदीमा आएको बाढीले भत्काएको छ।
१२ बर्ष अघी देखीको पुलमा हिंड्ने स्थानियको सपना नदीमा आएको बाढीले एका एक बालुवामा परिणत गरे संगै यतीबेला नदी गाउ तर्फ पस्न सुरु गरेको हो।
नदीको बहाव पूर्णरुपले एकतर्फ हुँदा शिवाइ, सुन्दरपुरको बस्ती तथा खेती योग्य जमिन थप उच्च जोखिममा पर्दै गएको छ। हाल नदी बगेको ठाउ स्थानियको नम्बरी जमिन हो। नदीले आफ्नो धार परिवर्तन गरेर बस्ती तर्फ पसे संगै अहिले सम्म सयौं बिघा खेती योग्य जमिन बलुवामा परिणत भइ सएको छ।
१२ बर्ष अघी बाट निर्माण सुरु गरिएको पुलमा उद्घाटन नहुँदै क्षेती हुँदा स्ल्याव नदीमा झरेर पानीको बहावलाई रोके संगै नदीले खेती योग्य जमिन र बस्ती तर्फ कटान सुरु गर्दै ६ सय घर परिवार र उनिहरुको थप संयौ बिघा जमिन बाढीको उच्च जोखिममा परेको स्थानीय बलबहादुर कट्वालले बताए।
स्थानीय जनताको बिघौ बिघा जमिन यती बेला त्रियुगा नदीमा परीणत बने पछी जमिनदार समेत सुकुम्बासी बन्न पुगेका छन। ठुला नेता बाटै अडिग भएर काम गर्न नसकेको र बजेट अनुसारको काम नहुँदा आफुहरुले दु:ख भोग्नु परेको, चरम भ्रस्टाचारकै कारण भौतिक संम्रचना मजबुत बन्न नसकेको स्थानिय अन्सिया चौधरीले आक्रोश ब्याक्त गर्नु भएको छ।
मोटरेबल पक्की पुल भत्किएकै कारण नदीले गाउँ तर्फ कटान सुरु गरेको र यती बेला शिवइ, सुन्दरपुर गाँउ उच्च जोखिममा पुगेको हो। पुलमा क्षेती पुग्ना साथ सरकारले उच्चस्तरीय छानबिन टोली बनाएको भए पनि अहिले बर्षाका कारण टोलीले काम गर्न सकेको छैन यद्धपी, वडा अध्यक्ष देवनारायण चौधरीले सरकारले बनाएको छानबिन टोलीले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गरिनु पर्ने माग राखेका छन।