FAQs Complain Problems

corona update 2078.2.28

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारलाई ब्रिटिस वेल फेयर ट्रस्ट धरानबाट ५ वटा अक्सिजन कन्सन्ट्रेटर , २०० थान पि.पि.इ. सेट र ३० थान पल्स अक्सिमीटर सहयोग प्राप्त भएको छ । उक्त अत्यन्त महत्त्वपूर्ण सामाग्री उपलब्ध गराउने संस्था र त्यसका सम्पूर्ण सदस्यहरुकाे स्वस्थ र सफल जीवनकाे कामना सहित उतराेतर प्रगतिकाे लागि हार्दिक शुभकामना अनि सहयोगका लागि हार्दिक धन्यवाद । आज काेभिड १९ अस्पताल बेलटारमा २० महिला र १५ पुरुषकाे गरिएको एन्टीजेन परिक्षणमा ११ महिला र ६ पुरुषमा काेराेना संक्रमण पाइएको छ । संक्रमित मध्य ८ महिला र ३ पुरुष गरि ११ जना अस्पताल भर्ना हुनु भएको छ भने ३ महिला र ३ पुरुष गरि ६ जना हाेम आइसाेलेशनमा बस्नु भएको छ । आज अस्पतालबाट ८ महिला र ४ पुरुष गरि १२ जना डिस्चार्ज हुनु भएको छ , भने हाेम आइसाेलेशनबाट १ जना महिला काेराेना मुक्त हुनु भएको छ । आज सम्म अस्पतालमा १७६ जना भर्ना हुनु भएकोमा १११ जना निकाे भएर घर फर्कि सक्नु भएको छ ,भने २१ जना रेफर २ जनाकाे मृत्यु भएको छ । आज अस्पतालमा २५ महिला र १७ पुरुष गरि ४२ जना रहनु भएको छ । चाैदण्डीगढी नगरपालिका भित्र हाेम आइसाेलेशनमा बस्ने जम्मा १८५ जना पुग्नु भएको छ । जस मध्य १२१ जना काेराेना मुक्त भई सक्न भयो भने ९ जना अस्पताल भर्ना हुनु भएको थियोे । आज हाेम आइसाेलेशनमा ३० महिला र २५ पुरुष गरि ५५ जना रहनु भएको छ । आजकाे संक्रमण वडा नं. ७ , ६ र २ मा बढी देखिएको छ । काेभिडका लक्षण चिन्ह भएका तर परिक्षण नगराई बस्दा कुनै पनि बेला जाेखिम हुन सक्ने भएकाले समय मै परिक्षण गराई उपचार गराउन र आइसाेलेशनमा बसि दिन साथै संक्रमित भएको घरकाे परिवार र सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बसि दिन र आवश्यकता अनुसार परिक्षण गराउन समेत अनुरोध गरिन्छ । स्वास्थ्य मन्त्रालयले ताेकेका स्वास्थ्य मापदण्डकाे पालना गराैं, आफू बचाैं अरुलाई बचाऊँ ।