FAQs Complain Problems

corona update: 2078/03/10

दयपुर काेभिड १९ अस्पताल बेलटारबाट १४ जना काेराेना मुक्त भई डिस्चार्ज हुनु भएको छ । अब अस्पतालमा २१ पुरुष र ३६ महिला गरि ५७ जना रहनु भएको छ । आज गरिएको ८ जनाकाे काेराेना परिक्षणमा ५ जनामा संक्रमण पाइएको छ ,जस मध्य १ जना severe Case लाई भर्ना गरि उपचार भईरहेकाे छ भने बाँकी हाेम आइसाेलेशनमा रहनु भएको छ । ६० बेड क्षमताको अस्पतालमा धेरै जस्तो दिन क्षमता भन्दा बढी संक्रमित राख्नु परि रहेको छ । संक्रमण दिन प्रति दिन बढी रहेकोले सावधानी पुर्वक आफ्ना दैनिक गतिविधिहरु गर्न ,आवश्यक नपरि घर बाहिर नजान, भिडभाडमा सकेसम्म नजान, जानै परे मास्ककाे प्रयोग गर्न , भाैतिक दुरी कायम गर्न , सरसफाइमा बिशेष ध्यान दिन,नियमित साबुनपानीले हात धुन, आवश्यकता अनुसार स्यानिटाइजरकाे प्रयोग गर्न , संक्रमित सबै आइसाेलेशन बस्न ,संक्रमितकाे परिवार र सम्पर्कमा आएका सबै क्वारेन्टाइन बसि आवश्यकता अनुसार काेराेना परिक्षण गराउन अनुरोध गरिन्छ ।