FAQs Complain Problems

News & Events

corona update: 2078/02/5

उदयपुर काेभिड १९ अस्पताल बेलटारमा काेराेना संक्रमित भई भर्ना हुनु भएका ३ जना पुरुष निकाे भई डिस्चार्ज हुनु भएको छ । डिस्चार्ज हुनु भएका सबैलाई नगर प्रमुख श्री खगेन्द्र राईले बिदाई गर्नु भएको छ । यस नगरपालिका भित्र हाेम आइसाेलेशनमा रहनु भएका १ महिला र ४ पुरुष पनि आजैदेखि काेराेना मुक्त हुनु भएको छ । आजै गरिएको १९ जनाको एन्टीजेन परिक्षणमा ३ महिला र ११ पुरुष सहित १४ जना संक्रमित थपिनु भएको छ । १४ जना संक्रमित मध्य १ महिला र ४ पुरुष गरि ५ जना उदयपुर काेभिड १९ अस्पताल बेलटारमा भर्ना हुनु भएको छ भने बाँकी २ महिला र ७ पुरुष सहित ९ जना संक्रमित हाेम आइसाेलेशनमा बस्नु भएको छ । आज काेभिड १९ अस्पतालमा १६ पुरुष र १० महिला सहित २६ जना रहनु भएको छ भने धेरै जसाेकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको छ । हाेम आइसाेलेशनमा २७ पुरुष २२ महिला सहित ४९ जना रहनु भएको छ । काेभिडकाे दाेस्राे लहरमा हालसम्म उदयपुर काेभिड १९ अस्पताल बेलटारबाट १६ पुरुष र ५ महिला सहित २१ जना निकाे भएर घर फर्किसक्नु भएको छ । यसै गरि हाेम आइसाेलेशन बस्नु भएका मध्य ८ पुरुष र ४ महिला सहित १२ जना काेराेना मुक्त हुनु भएको छ ।