FAQs Complain Problems

corona update: 2078/02/10

आज नगर अस्पताल बेलटारमा स्वास्थ्य जाँच गर्न आउनु भएका केही सिकिस्त बिरामीहरुकाे आकस्मिक काेराेना परिक्षण गरिएकोमा चाैदण्डीगढी नगरपालिका वडा नं. ६ काे ३ जना र वडा नं. ७ काे ३ जना गरि जम्मा ६ जना संक्रमित थपिनु भएको छ । त्यस मध्य केही सामान्य अवस्था रहेको २ पुरुष हाेम आइसाेलेशनमा बस्नु भएको छ भने जटिल स्वास्थ्य अवस्था हुनुभएको ३ महिला र १ पुरुष उदयपुर काेभिड १९ अस्पताल बेलटारमा भर्ना हुनु भएको छ । आज काेभिड अस्पतालमा २२ पुरुष र १५ महिला सहित ३७ जना रहनु भएको छ । आज केही बिरामी बाहेक अन्य काे स्वास्थ्य अवस्था सामान्य रहेको छ । आज हाेम आइसाेलेशनमा २१ पुरुष र २३ महिला गरि ४४ जना रहनु भएको छ । दाेस्राे लहरकाे काेराेना संक्रमणमा हाेम आइसाेलेशनबाट ३६ र काेभिड अस्पतालबाट ३१ गरि जम्मा ६७ जना निकाे भइसक्नु भएको छ ।