FAQs Complain Problems

चौदण्डीगढीमा २७ सयले लगाए भेरोसेल खोप

कोभिड–१९ विरुद्धको खोप चौदण्डीगढीमा २७ सय २१ जनाले लगाएका छन् ।

सोमबारदेखि शुरु गरिएको खोप कार्यक्रम अन्तर्गत मंगलबारसम्ममा १३ सय ९३ महिला र १३ सय २८ जना पुरुषगरी २७ सय २१ जनाले खोप लगाएका हुन् ।

खोपका लागि नगर अस्पताल बेल्टार, स्वास्थ्य चाैकीहरू चाैदण्डी, सिद्दिपुर, बसाहा, सुन्दरपुर र हडियालाइ खाेप केन्द्र ताेकिएकाे थियाे ।

उक्त खाेप केन्द्रमा निकै उत्साहजनक वृद्धवृद्धाहरुको उपस्थिती रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको लागि आएको २६ सय खोप अपुग भइ तत्काल जिल्ला स्वास्थ्य कार्यालयलाई थप माग गरि नागरिकलाई खोप लगाइएको स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

केही खोप बाँकी रहेकोले भोली छुटफुट भएककालाई लगाइने संयोजकले बताए ।

५५ वर्षदेखि माथीका उमेर समूहका व्यक्ति र विद्यालयका शिक्षक शिक्षिका, कर्मचारी, चालक सहचालक र भिसा लागिसकेकाहरुलाई खोपको व्यवस्था गरिएको थियो ।