FAQs Complain Problems

corona update 2078.2.26

उदयपुर काेभिड १९ अस्पतालमा आजसम्म १६५ जना भर्ना भई ९९ जना निकाे भएर घर फर्कि सक्नु भएको छ । आज अस्पतालबाट १८ जना निकाे भएर डिस्चार्ज हुनु भएको छ भने अस्पतालमा आजै ११ जना भर्ना समेत हुनु भएको छ । आज अस्पतालमा अहिले ४४ जना उपचाररत रहनु भएको छ । आज गरिएको १२२ जनाकाे एन्टीजेन टेष्टमा नयाँ ९४ जना मध्य २७ जनामा संक्रमण पाइएकाे छ भने फ्लाेअप १ जनामा मात्र काेराेना संक्रमण कायमै छ । आजका २७ संक्रमित मध्य १० जना अस्पताल भर्ना हुनु भएको छ भने अन्य हाेम आइसाेलेशनमा बस्नु भएको छ । अस्पतालमा रहने केही बाहेक सबैको स्वास्थ्य अवस्था सामान्य छ । आज त्रियुगा मा.बि. गाईघाटकाे २०५१ सालकाे एस.एल.सी. ब्याजका सागर दाहाल लगायतको समुहले बिरामीका लागि खाध्य सामाग्री चना ७५ के.जी. , मटर ७५ के.जी. र आलु ५० के.जी नगर उप प्रमुख रिताकुमारी चाैधरीलाई काेभिड अस्पताल परिसरमा हस्तान्तरण गर्नु भएको छ । सहयोगी सबैलाई काेभिड अस्पताल र नगरपालिकाकाे तर्फबाट हार्दिक धन्यवाद । साथै निरन्तर बिरामीको उपचार तथा रेखदेखमा रहनु हुने चिकित्सक ,नर्स ,स्वास्थ्यकर्मी र कर्मचारीलाई हार्दिक धन्यवाद ।